नाडेप लघुवित्तको स्वतन्त्र संचालकमा प्रधान नियुक्त
२० भाद्र २०७८, आईतवार ११:३३
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीले भदौ १८ गते शुक्रबार नेप्सेमार्फत जानकारी गराएको सूचनामा सो पदमा माधव प्रसाद प्रधानलाई नियुक्त गरेको जनाएको हो ।
गत शुक्रबार बसेको संचालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र संचालक पदमा प्रधानलाई नियुक्त गरेको हो ।