मन्जुश्री फाइनान्सको ९ हजार १८७ कित्ता लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने

२० भाद्र २०७८, आईतवार ११:२६

काठमाडौं । मन्जुश्री फाइनानस लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि ९ हजार १८७ कित्ता संस्थापक शेयर भदौ २० गतेसम्म लिलामीमा ल्याएको हो ।

उक्त संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

इच्छुक आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता आवेदन गर्न सक्नेछन् भने अधिकतममा कुनै पनि हद नलाग्ने कम्पनीले जनाएको छ ।

सोमबार बिहान १० बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा बोलपत्र खोलिने कम्पनीले जानकारी दिएको छ । आवेदन एनआइबिएल एस क्यापिटलमा नै बुझाउन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*