हाथवे इन्भेष्टमेन्टको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर लिलामीमा

२० भाद्र २०७८, आईतवार ११:०९

काठमाडौं । हाथवे इन्भेष्टमेन्टको स्वामित्वमा रहेको ३ कम्पनीले संस्थापक शेयर बोलकबोलमा लिलामीमा ल्याएको छ ।

हाथवेको स्वामित्वमा रहेको सेन्चुरी कमर्सियल बैंक लिमिटेडकोे २ लाख ५ हजार ५१३ कित्ता, मन्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

सेन्चुरी कमर्सियल बैंकले न्यूनतम शेयरमूल्य प्रतिकित्ता १५० रुपैया, मन्जुश्री फाइनान्सले प्रतिकित्ता ३५० र कामना सेवा विकास बैंकले प्रतिकित्ता २५० रुपैयाँ तोकेको छ । आवेदकले तोकिएको वा तोकिएको भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।

शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनी वा जो कोही ब्यक्तिले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्ता अधिकतम सम्पूर्ण कित्ता बोलकबोल गर्न सक्नेछन् । उक्त संस्थापक शेयरमा भदौ २० गते देखी भदौ २७ गतेसम्म आवेदन सकिनेछ ।

बोलपत्रका लागि सम्पूर्ण विवरण खुलाई संस्थाको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड नक्साल काठमाडौंमा आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*