राष्ट्रिय बीमा कम्पनीबाट सिईओ अर्याललाई फिर्ता बोलाउने अर्थ मन्त्रालयको निर्णय, नयाँ सिईओ नियुक्त गर्ने तयारी

१९ भाद्र २०७८, शनिबार २२:०२

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सिईओ डिल्ली अर्यालको काज फिर्ता भएको छ । अर्थ मन्त्रालयका उप–सचिव अर्याललाई काजबाट फिर्ता बोलाउने निर्णय भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

२०७५ पुस २६ गते अर्थमन्त्रालयबाट काजमा अर्को व्यवस्था नभएसम्मको लागि राष्ट्रिय बीमा कम्पनीमा आएका अर्याल अब मन्त्रालय नै फर्केर नियमित काम गर्नेछन् ।

उता, राष्ट्रिय बीमा कम्पनीमा नयाँ सिईओ नियुक्तीको प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ । स्रोतका अनुसार केही दिनमै सिईओ नियुक्ती सम्बन्धी प्रक्रिया अघि बढ्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*