नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा रोजगारीको अवसर

१९ भाद्र २०७८, शनिबार १०:५१

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले बढुवाद्वारा र आन्तरिक एवं खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।

प्रतिष्ठानले कार्यक्षमताको मूल्यांकनद्वारा २ जना वरिष्ठ अध्ययन निर्देशक र अध्ययन उपनिर्देशक तथा आन्तरिक प्रतियोगिताद्वारा अध्ययन निर्देशक १ जना, प्रशासकीय तथा वित्तीय उपनिर्देशक १ जनाका साथै प्रशासकीय तथा वित्तीय अधिकृत १ जना बढुवा गर्नेछ ।

त्यस्तै खुला प्रतियोगितात्मक परिक्षाद्वारा अध्ययन उपनिर्देशक १ जना, अध्ययन उपनिर्देशक १ जना महिला, प्रशिक्षण तथा अनुसन्धान अधिकृत २ जना, प्रशिक्षण तथा अनुसन्धान अधिकृत समावेशीबाट १ जना, प्रशासकीय तथा वित्तीय अधिकृत समावेशीबाट १ जना । प्रशासकीय तथा वित्तीय अधिकृत मधेशीबाट १ जना तथा वरिष्ठ सहायक दलितबाट १ जना गरी जम्मा ८ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*