नेप्सेमा १० कम्पनीको शेयर सूचीकृत,कुनको कति ?

१९ भाद्र २०७८, शनिबार १०:३५

काठमाडौं । यस साता नेप्सेमा १० कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार तीन वटा कम्पनीको ऋणपत्र, एउटा आईपीओ, एउटा लिलाम बढाबढ गरी बिक्री गरिएको हकप्रद सेयर, एउटा म्युचुअल फण्ड र चार वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको हो ।

यो साता नेप्सेमा नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ५ वर्ष अवधि भएको २०८३ ुङु नामको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो । यो ऋणपत्रको व्याजदर ४।३७ प्रतिशत रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १२ प्रतिशत बोनस बापतको १२ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको जेठ २८ गते सम्पन्न भएको उन्नाइसौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट ३।७८९४ प्रतिशतले हुन आउने नगद लाभांश ९करसहित० र १२ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
लक्ष्मी बैंक डिबेञ्चर २०८८ू को २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । लक्ष्मी बैंक लिमिटेडले असार २८ गते सोमबारबाट साउन ५ गतेसम्म १० वर्ष अवधिको ‘८।५५ लक्ष्मी बैंक डिबेन्चर २०८८’ नाममा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियो ।

८।७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४र८५ू को १२ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकले साउन ७ गते बिहीबारबाट साउन १२ गते, मंगलबारसम्म ७ वर्ष अवधिको ८।७५ प्रतिशत व्याजदर भएको ‘मुक्तिनाथ डिबेञ्चररऋणपत्र २०८४र८५’ नाममा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

स्वावलम्बन लघुवित्तको १९।००५६ प्रतिशत बोनस बापतको १५ लाख ६ हजार ६ दशमलव १६ कित्ता सेयर सूचिकृत भएको हो । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाईचुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
नागरिक लगानी ककोषको ९ प्रतिशत बोनस बापतको २७ लाख कित्ता सेयर सूचिकृत भएको हो । कोषले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कोषका सेयरधनीहरूलाई चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८।८९४७ प्रतिशत नगद गरि कूल १७।८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

समृद्धि फाइनान्सको १४ लाख २० हजार ७ सय १८ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । फाइनान्सले लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको २ करोड कित्ता साधारण सेयर ९आईपीओ० नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०३ रुपैयाँ १७ पैसादेखि र अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

एनआईसी एशिया सेकेक्ट–३०ु फण्डको १२ करोड ५० लाख इकाईहरू सूचिकृत भएको हो । फण्डलाई दोश्रो बजारमा कारोबार गर्न ल्क्ष्ऋक्ँ सिम्बोल प्रदान गरिएको छ ।

नयाँ सारथी लघुवित्त संस्थाको ८।१३ प्रतिशत बोनस बापतको एक लाख ९१ हजार ५ सय २० कित्ता सेयर सूचिकृत भएको हो । संस्थाले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८।१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।४२ नगद वितरण गर्ने घोषणा गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*