कृषि विकास बैंकद्धारा किसान कार्ड वितरण

१८ भाद्र २०७८, शुक्रबार १७:५४

काठमाडौं । कृषि विकास बैंकले किसानहरुलाई कृषि कार्ड वितरण गरेको छ । बैंकले एक कार्यक्रममा काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा न ३ चोखेलका स्थानिय बासिन्दालाई ८३ वडा कार्ड वितरण गरेको हो ।

भदौ १७ गते देखी आवश्यक प्रकृया पूरा गरेर कृषि सम्बन्धी बेचबिखन देखी विउ र मौसम समेत जानकारी हुने ब्यवस्था समेतको किसान क्रेडिट कार्ड उपलब्ध गराएको बैंकले जनाएको छ ।

बैंकका प्रमुुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले किसान कार्ड निकै महत्वपूर्ण र फाइदाजनक भएको विश्लेषण गरे । उक्त कार्यक्रममा बैंंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने लगायत विभिन्न विभागका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*