सिवाईसी नेपाल लघुविद्धारा ठूलो संख्यामा कर्मचारी माग, आठ कक्षा उर्तिणलाई पनि अवसर

१८ भाद्र २०७८, शुक्रबार ११:४७

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले ९ पदका लागि १३६ जना कर्मचारी माग गरेको हो ।

संस्थाले ब्यवस्थापकीय श्रेणी अन्तर्गत नायब कार्यकारी प्रमुख १ जना, बरिष्ठ प्रबन्धक(प्रशासन विभाग १ जना, प्रबन्धक(मानव श्रोत ब्यवस्थापन विभाग र आ.ले.प विभाग प्रमुख २ जना, सहायक प्रबन्धक(वित्त विभाग र योजना अनुगमन तथा मुल्याङ्कन विभाग प्रमुखमा २ जना कर्मचारी मागेको छ ।

त्यस्तै अधिकृत श्रेणीका लागि शाखा प्रमुख २० जना, सहायक शाखा प्रबन्धकमा ४० जना, जुनीयर केन्द्र ब्यवस्थापकमा ३० जना, सहायक प्रशिक्षार्थीमा ३० जना र कार्यालय सहयोगीमा १० जना कर्मचारी माग गरेको हो । जसका लागि संस्थाले स्नाकोत्तर उत्तिर्ण देखी आठ कक्षा उत्तिर्णसम्मको शैक्षिक योग्यता रहने पर्ने जनाएको छ ।

इच्छुक योग्यता पुगेको व्यक्ति सम्पुर्ण विवरण खुुलार्ई सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय बागलुङकोे ईमेल [email protected] मा दरखास्त फाराम पेश गर्न सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*