लुम्बिनी विकास बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

१८ भाद्र २०७८, शुक्रबार ११:१३

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांस लिन अनुरोध गरेको छ ।

बैंकको (साविकका विरगंज फाइनान्स लिमिटेड, एच एण्ड वि डेभलपमेन्ट लिमिटेड र लुम्बिनी फाईनान्स एण्ड लिजिङ) को साधारण सभाबाट पारित हुदै आइरहेको ५ बर्र्ष पुरानो नगद लाभांस लिन आग्रह गरेको हो ।

हालसम्म नगद लाभांश नलिएका शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा सम्पर्क गर्र्न सक्नेछन् ।

साथै तोकिएको अवधिमा नगद लाभांस लिन नआएको खण्डमा उक्त लाभांस लगानीकर्ता संरक्षण कोषमा जाने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*