एनएमबि म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको इकाई मूल्य समायोजन

१८ भाद्र २०७८, शुक्रबार ११:०९

काठमाडौं । नेप्सेमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डको इकाई मूल्य समायोजन भएको छ । आज एनएमबि–५० र एनएमबि हाइब्रिड फण्ड एल–१ को इकाई मूल्य समायोजन भएको हो ।

एनएनबि ५० योजनाले ३० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल–१ ले २० प्रतिशत नगद लाभांश प्रयोजनका लागि बुक क्लोजन गरेसँगै आज यी दुई फण्डको इकाई मूल्य समायोजन भएको हो ।

अघिल्लो दिन कायम एनएमबि–५० को अन्तिम मूल्य १५ रुपैयाँ ५३ पैसाका आधारमा नेप्सेले लाभांश वितरण पछिको १२ रुपैयाँ ५३ पैसा कायम गरेको छ । त्यस्तै एनएमबि हाइब्रिड फण्ड एल–१ को अघिल्लो दिन कायम १३ रुपैयाँ ८० पैसाका आधारमा लाभांश वितरणपछिको इकाई मूल्य ११ रुपैयाँ ८० पैसा नेप्सेले कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*