सिनर्जी पावर डेभलपमेन्टको १५ औँ वार्षिक साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्

१८ भाद्र २०७८, शुक्रबार ०५:४७

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको १५ औँ वार्षिक साधारणसभा आज हुँदैछ ।कम्पनीको बालुवाटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५२ प्रतिशत लाभांश र २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारीको एजेण्डा अनुमोदन गर्नेछ।

कम्पनीले चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४।७५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*