सिटिजन लाइफको भैरहवा एरियाले गर्यो वृहत लिडर्स सम्मान कार्यक्रम

१७ भाद्र २०७८, बिहीबार १७:२८

काठमाडौं । सिटिजन लाइफ भैरहवा एरिया ले होटल पौवा, भैरहवामा लिडर्स सम्मान तथा पूर्नताजकी कार्यक्रम बृहत रुपमा सम्पन्न गरेको छ ।

कम्पनीका मध्य–पश्चिम क्षेत्रका व्यवसाय प्रमुख अधिकृत सुनिल पोखरेल, भैरहवा एरिया का एरिया प्रमुख नरेश सिग्देल, बुटवल एरिया प्रमुख दुर्गाराज ढकाल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, परासी शाखा प्रमुख दिपक थापा, सिनियर एजेन्सी म्यानेजर अनिल अर्याल र रिता पाण्डे, ओमसतिया गाउपालिका वडा नं. २ का वडाध्यक्ष ज्ञनेश श्रेष्ठ तथा भैरहवा एरिया मा कार्यरत सफल लिडर्सहरुको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ट बीमा ब्याबसाय क्लेक्सन गर्ने लिडर्सहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कम्पनीका मध्य, मध्य पश्चिम क्षेत्रका व्यवसाय प्रमुख अधिकृत सुनिल पोखरेल एरिया प्रमुख नरेश सिग्देलले उत्कृष्ट लिडर्सहरुलाई प्रमाणपत्र र खादा ओडायर सम्मानित गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*