दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् आज कमाउने र गुमाउने कम्पनी

१७ भाद्र २०७८, बिहीबार १५:२७

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सुचिकृत २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच भएको छ । बिहिबार नेप्से परिसूचक ५०.२८ अकंले घट्दा साढे ९ अर्ब माथिको कारोबार भएको छ ।

आज सानिमा लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा कारोबारमा आएको पहिलो दिन मै पोजेटीभ सर्किट लागेको छ । साथै मनकामना स्मार्ट लघुवित्तको शेयरमा पनि कारोबारमा आएको लामो समयपश्चात सकारात्मक सर्किट लागेको छ । त्यस्तै, चन्द्रगिरी हिल्सकोे ५.२३ प्रतिशत अकं र खानिखोला हाईड्रोपावरको ५ प्रतिशत अकंले वृद्धि भएको हो ।

त्यस्तै, आज गुमाउने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंकको ६.८७ प्रतिशत अक, कर्र्पोरेट डेभलपमेन्टको ६.४८ प्रतिशत अकं, अरुण काबेलि पावरको ६.०९ प्रतिशत अकं र एनआरएन इन्फ्रास्ट्रक्चरको ५.८८ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*