जीवन बीमा व्यवसाय २७ प्रतिशतले बढ्यो, बीमाको पहुँच २५ प्रतिशत पुग्यो

१७ भाद्र २०७८, बिहीबार १५:२१

काठमाडौं । हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउन महिनामा गत आवको तुलनामा कूल बीमा शुल्क आम्दानी २७.३८ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार १९ कम्पनीहरुले १६ अर्ब ६१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार  जीवन बीमा कम्पनीहरुले साउन मसान्तसम्ममा ८५ लाख ८७ हजार ४४ वटा बीमा पोलिसी जारी गर्न सफल भएका छन् । समीक्षा अवधीमा बैदेशिक रोजगार म्यादी बीमा लेखको संख्या ३२.९० प्रतिशतले घटेको छ भने जीवन बीमा पोलिसीको संख्या १३.४३ प्रतिशतले बृद्धि भएको छ ।

बीमा समितिका अनुसार निर्जिवन र जीवन बीमा गरी कूल १९ अर्ब ६० करोड रुपैयाँको बीमा शुल्क आम्दानी भएको छ । साउन महिनासम्ममा बीमाको पहुँच २४.९९ प्रतिशतले पुगेको छ । बीमा समितिका अनुसार बैदेशिक रोजगारी म्यादी बीमा सहित २६.८९ प्रतिशत जनसंख्यामा बीमाको पहुँच विस्तार भएको छ । अघिल्लो आवमा बीमाको पहुँच जम्मा २२.३१ प्रतिशत थियो ।

समितिका अनुसार बीमा क्षेत्रमा कूल १० हजार ८६५ जना कर्मचारीहरु कार्यरत रहेका छन् । बीमा कम्पनीहरुको कूल चुक्ता पुँजि ३८ अर्ब २१ करोड पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*