नेप्सेमा ५० अंकको गिरावट, सबै समूह राताम्य हुँदा कारोबार साढे ९ अर्ब

१७ भाद्र २०७८, बिहीबार १५:१८

काठमाडौं । साताको कारोबार अन्तिम दिन नेप्सेमा भारि गिरावट आएको छ । नेप्से परिसूचक ५०.२८ अंकले घटेर २९२६.७४ विन्दुमा कायम भएको छ ।

बिहिबार नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक आज सबै राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा समूहमा ३४२.०२ अंकले घटेको हो । त्यस्तै निर्जीबन बीमा समूहमा २३३.८४ अंकले घटेको हो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज ५७ करोड ४० लाख १२ हजार २९१ रुपैयाँको कारोबार भएको हो ।

साथै आज कारोबारमा आएको पहिलो दिनमै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको भने शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मनकामना स्र्माट लघुवित्तको पनि कारोबारमा आएको धेरै दिनपछि आज सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*