बिहिबार हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

१७ भाद्र २०७८, बिहीबार १५:०९

काठमाडौं । बिहिबार नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज ५७ करोड ४० लाख १२ हजार २९१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपि पावरको ३२ करोड ९९ लाख, ङादी ग्रुप पावरको २३ करोड ३१ लाख, यूनाइटेड मोदी हाइड्रोपावरको २२ करोड २० लाख र हिमालयन डिस्टिलरीको २० करोड १० लाख भन्दा माथिको कारोबार भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*