सानिमा लाइफको आइपीओमा पहिलो कारोबार दिनमै पोजेटिभ सर्किट

१७ भाद्र २०७८, बिहीबार १२:५२

काठमाडौं । सानिमा लााइफ इन्स्योरेन्सको शेयर आजदेखि दोस्रो बजारमा शुरु भएको छ । कम्पनीको पहिलो कारोबार दिनमै शेयरमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य पहिलो कारोबारमै १० प्रतिशतले बढेको छ । सोही प्रतिशतले बढेर कम्पनीको शेयरमूल्य यो समाचार तयार पार्दासम्म ३३९ रुपैयाँ ९० पैसा पुगेको हो ।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको ओपनिङ रेञ्ज १०३ रुपैयाँ १७ पैसादेखि ३०९ रुपैयाँ ५१ पैसा तोकेकोमा अन्तिम मूल्यमा कारोबार भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*