प्रभु बैंक र ग्लोबल एकेडेमीबीच शैक्षिक कर्जा प्रवाह सम्बन्धी सम्झौता

१७ भाद्र २०७८, बिहीबार १२:३८

काठमाडौं । प्रभु बैंक लिमिटेड र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुुकेशनबीच शैंक्षिक कर्जा सम्बन्धी सम्झौता भएकोे छ । ग्लोबलमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा प्रवाह गर्न दुईपक्षबीच सम्झौैता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनन र ग्लोबलका प्रमुख कार्यकारी अधिकृत खेम राज लकाईले हस्ताक्षर गरेका हुुन ।

अब ग्लोबलका अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई कलेजको सिफारिसमा प्रभु बैंकले सहुलियतपूर्ण ब्याजदरमा आवश्यक प्रक्रिया पुुरा गरी अधिकतम ५ लाखसम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ ।

आर्थिक अभावमा होटेल म्यानेजमेण्ट तथा पर्यटनमा उच्च शिक्षा अध्ययन गर्न कठिनाई झेलिरहेकलाई क्षमतावान विद्यार्थीलार्ई केहि हितमा भए पनि राहत पुग्ने विश्वास कलेजले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*