एनआइसी एशिया ब्यालेन्स्ड फण्ड र ग्रोथ फण्डको लाभांश वितरणको लागि बुकक्लोजको मिति तय

१७ भाद्र २०७८, बिहीबार १२:१५

काठमाडौं । एनआइसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया ब्यालेन्स्ड फण्ड र एनआइसी एशिया ग्रोथ फण्डले आज बुकक्लोजको मिति तय गरको छ ।

योजना व्यवस्थापक एनआइसी एशिया क्यापिटलको बैठकले दुवै फण्डले प्रतिफल वितरणका लागि भदौ २७ गते आइतबार एकैदिन बुकक्लोज गर्ने भएको हो । जसअनुसार यी दुई फण्डले प्रस्ताव गरेको लाभांश पाउन भदौ २४ गते बिहिबारसम्म नेप्सेमा कारोबार भई इकाईधनी कायम भएको हुनु्पर्नेछ ।

यी दुई फण्डले गत आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट इकाईधनीहरुलाई समान कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*