डिप्रोक्स लघुवित्तको २१ प्रतिशत लाभांश घोषणा

१७ भाद्र २०७८, बिहीबार १२:००

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ दशमलव शुन्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।लघुवित्तले आज एक सूचना जारी गर्दै गत आर्थिक वर्षको संचित मुनाफाबाट सो प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ १७ गते बिहान ८ बजे बसको संचालक समितिको २९९ औं बैठकले संस्थाका शेयरधनीहरुलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २३ करोड १२ लाख ४९ हजार ७२२ रुपैयाँ का दरले हुन आउने २० प्रतिशत बोनस शेयर र १ करोड २१ लाख ७५ हजार २९७ रुपैयाँका दरले हुन आउने १.०५३ प्रतिशत नगद लाभांश (बोनस शेयर शेयरको कर प्रयोजनको लागि मात्र) गरि कुल २१.०५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीको हाल चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*