अपि पावरको साढे १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ भाद्र २०७८, बिहीबार ११:१८

काठमाडौं । पपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि बुकक्लोज भदौ १८ गते शुक्रबारदेखि भदौ २४ गते सम्म बन्द गर्ने भएको हो । जसअनुसार कम्पनीको लाभांश प्राप्त गर्न आजसम्म शेयर कायम भएको हुनुपर्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट शेयरधनीलाई १०.५ प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

सो प्रस्ताव पारित गर्नको लागि कम्पनीले भदौ २५ गते साधारण सभा आह्वान गरेको हो । कम्पनीले सभा प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ ।

साथै सभामा कम्पनीले उक्त बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको ३९.३६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*