लुुम्बिनी विकास बैंकको करिब ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१७ भाद्र २०७८, बिहीबार ११:०५

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख ९५ हजार ८८६ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए पश्चात संचालक समितिले बिक्री गर्न निर्णय लिएको हो ।

इच्छुक शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पूण विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*