सानिमा लाइफको ६० लाख कित्ता आइपीओ आजदेखि नेप्सेमा कारोबार हुने

१७ भाद्र २०७८, बिहीबार ०८:२३

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको शेयर आजबाट धितोपत्र दोस्रो बजारमा खरिद बिक्रि गर्न सकिने भएको छ। नेप्सेमा बुधबार यो कम्पनीको सेयर सूचीकृत भएसँगै आजबाट कारोबारमा आउने भएको हो। यो कम्पनीको १ सय रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेले यो कम्पनीलाई ‘एसएलआई’ संकेत प्रदान गरेको छ भने पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.१७ रुपैयाँदेखि अधिकतममा ३०९.५१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ। यदि आज स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र शेयर खरिदबिक्रि भएमा यो कम्पनीको शेयर नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि खुल्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*