न्यादी हाइड्रोपावरको आईपीओमा २५ हजार १९१ जनाको आवेदन

१६ भाद्र २०७८, बुधबार १९:१०

काठमाडौं । न्यादी हाइड्रोपावरमा २५ हजार १९१ जनाको आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आइपीओमा ६१ करोड १३ लाख ३ हजार ८ सय रुपैया बराबरको निवेदन परेको हो ।

आयोजना प्रभावित मस्र्याङ्दी गाउपालिकाका स्थानीयवासीका लागि छुुटाएको ५ लाख कित्ता शेयरका लागि २ हजार ९५३ आवेदनबाट १६ करोड ३७ लाख १८ हजार १ सय रुपैया र जिल्लावासीको लागि छुटाएको १० लाख कित्ता शेयरको लागि २२ हजार २३८ जना आवेदनहरुबाट ४४ करोड ७५ लाख ८५ हजार ७ सय रुपैया बराबरको आवेदन माग रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले जिल्लावासीको लागि १ सय रुपैया अंकित मूल्यमा १० लाख कित्ता, प्रभावित क्षेत्रका लागि ५ लाख कित्ता र संस्थापक शेयरधनीका लागि ३ लाख कित्ता शेयर प्रारम्भिक चरणमा निष्कासन गरेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*