थप २ हजार ५२ जनामा संक्रमित पुष्टि, २० जनाको मृत्यु

१६ भाद्र २०७८, बुधबार १७:२४

काठमाडौं । पछिल्लोे २४ घण्टामा देशभर थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुुसार १० हजार ६१२ जनामा पीसीआर परीक्षण गर्दा १ हजारर ६४८ जनामा र ४ हजार ३२३ एन्टिजेन परीक्षण गर्दा ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट २० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ३४ हजारर १८९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*