सनराइज फस्र्ट म्युचुअल फण्डमा नकारात्मक सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
१६ भाद्र २०७८, बुधबार १५:२२
काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १.१८ अकंले बढ्दा ९ अर्ब माथिको कारोबार भएको छ ।
आज रुरु हाईड्रोपावरको ७.५५ प्रतिशत अकं, ओरियन्ट होटेलको ६.१४ प्रतिशत अकं, यूनाइटेड मोदी हाईड्रोपावरको ६.०४ प्रतिशत अकं, हिमालयन उर्जा विकासको ६.०२ प्रतिशत अकं र सोल्टी होटेलको ५.७३ प्रतिशत अकंले बढेको छ ।
त्यस्तै आज सनराइज फस्र्ट म्युचुअल फन्डको इकाईमा नकारात्मक सर्किट लागेको छ ।
गुमाउने कम्पनीहरुमा खानीखोला हाईड्रोपावरको ७.७७ प्रतिशत अकं, गुहेश्वरी मर्चेन्ट बैंकको ६.२७ प्रतिशत अकं, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत अकं र आइसीएफसी फाइनान्सको ५.२८ प्रतिशत अकंले घटेको हो ।