नेप्से झिनो अंकले बढ्दा ९ अर्बको मात्र कारोबार, अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक
काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक झिनो अंकले मात्र बृद्धि भएको छ । आज नेप्से परिसूचक १.१८ अंकले बृद्धि भई २९७७.०२ विन्दु कायम भएको छ ।
बुधबार नेप्सेमा सूचिकृत २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५४ रुपैयाँको कारोबार भएको छ ।
नेप्से समूहमा रहेको १३ उपसूचकमध्ये आज ४ समूहमा मात्र हरियाली छाएको छ । आज सर्वाधिक होटल तथा पर्यटन समूहमा १३०.३५ अंकले बृद्धि भएको हो ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा हाइड्रोपावर कम्पनीहरु रहेका छन् । सर्वाधिक कारोबार हुने पहिलो कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज ५९ करोड ९९ लाख ३६ हजार ४९ रुपैयाँको कारोबार भएको हो ।
आज सनराइज फस्र्ट म्युचुअल फण्डको इकाईमा नकारात्मक सर्किट लागेको छ । भने रुरु जलविद्युत परियोजनाको ७.५५ प्रतिशत अंकले बृद्धि भएको छ ।