नेपाल राष्ट्र बैंकद्धारा दुई लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति

१६ भाद्र २०७८, बुधबार १३:४६

काठमाडौं । विन लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एकआपसमा गाभ्ने गाभिने (मर्जर)मा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंकको संचालक समितिको बैठकले बुधबार दुवै संस्थाका प्रतिनिधीलाई मर्जरको अन्तिम स्वीकृतिको पत्र प्रदान गरी मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गर्न स्वीकृति दिएको हो । दुई लघुवित्त मर्जर पश्चात संस्थाको नाम विन नेपाल लघुवित्त हुने जनाएको छ ।

गत मंसिर ३० गते दुई लघुवित्तले मर्जर सम्झौता गरेका थिए । नेपाल सेवा लघुवित्तको ७५ कित्ता शेयर बराबर विन लघुवित्तको १०० कित्ताको अनुपातमा दुई लघुवित्त मर्जरमा गएका हुन् । गत जेठ महिनामा साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरी दुई संस्थाले अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष निवेदन पेश गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*