जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन ३५ प्रतिशतले बढ्यो, एक बर्षमा १४ अर्ब रुपैयाँ अभिकर्ताले बुझे

१६ भाद्र २०७८, बुधबार १३:३९

काठमाडौं । जीवन बीमा कम्पनीका अभिकर्ताहरुले चौथौ त्रैमासको अन्त्यसम्ममा १४ अर्ब २५ करोड रुपैयाँ कमिशन प्राप्त गरेका छन् । कम्पनीहरुले गत बर्षको सोहि अवधिमा १० अर्ब ५६ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशन प्राप्त गरेका थिए । गत बर्षको तुलनामा कम्पनीले बीमा अभिकर्ताहरुलाई दिने अभिकर्ता कमिशन ३४ दशमलव ९९ प्रतिशतले बढेको हो ।

 

बीमा कम्पनीहरुले प्रकाशन गरेको चौथौ त्रैमासको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा सबैभन्दा धेरै कमिशन भुक्तानी गर्ने संस्थामा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले असार मसान्तसम्ममा तीन अर्ब ५६ करोड रुपैयाँ अभिकर्ता कमिशन खर्चिएको छ ।

कम्पनीले गत बर्षको तुलनामा सोही अवधिमा तीन अर्ब १४ करोड रुपैयाँ कमिशन खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको अभिकर्ता कमिशन १३ दशमलव १० प्रतिशत बढेको हो ।
दोस्रोमा लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपालले चैत मसान्तसम्ममा १ अर्ब ६८ करोड रुपैयाँ कमिशन बीमा अभिकर्ताका लागि खर्चिएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ बीमा अभिकर्ताहरुको कमिशनमा खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको बीमा अभिकर्ता कमिशन १९ दशमलव ६२ प्रतिशतले बढी हो ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको अभिकर्ता कमिशन ४६ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८८ करोड रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको थियो।

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको चौथौ त्रैमासको वित्तीय विवरण अनुसार युनियन लाइफले चौथौ त्रैमाससम्मा १ अर्ब २० करोड रुपैयाँ, एशियन लाइफले ७१ करोड १३ लाख रुपैयाँ, सिटिजन लाइफले ६२ करोड ७४ लाख रुपैयाँ, गुराँस लाइफले ५३ करोड ४२ लाख रुपैयाँ, आइएमई लाइफले ५१ करोड ९७ लाख रुपैयाँ, सूर्या लाइफले ४८ करोड ५४ लाख रुपैयाँ र मेट लाइफले ४८ करोड ५४ लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

त्यस्तै, ज्योति लाइफले ४६ करोड ३३ लाख रुपैयाँ, प्राईम लाइफको ४३ करोड ९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ४२ करोड ७६ लाख रुपैयाँ, रिलायन्स लाइफले ४१ करोड ७६ लाख रुपैयाँ, सानिमा लाइफले ३४ करोड ४७ लाख रुपैयाँ, सन नेपाल लाइफले ३२ करोड ४५ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले २६ करोड ८८ लाख रुपैयाँ, प्रभु लाइफले २२ करोड २१ लाख रुपैयाँ र महालक्ष्मी लाइफले २१ करोड २० लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*