सुनको भाउ फेरी २ सयले घट्यो, प्रतितोला कति ?

१६ भाद्र २०७८, बुधबार ११:५३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ४ सयले घटेको सुन बुधबार फेरी २ सयले घटेको हो ।

नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार र तेजावी सुनको मूल्य ९० हजार ५ सयमा कारोबार भइरहेको छ । मङलबार भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, हिजो १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*