दुई लघुवित्तबीच मर्जरमा जाने सम्झौता, आजदेखि शेयर कारोबार रोक्का

१६ भाद्र २०७८, बुधबार ११:०३

काठमाडौं । दुई लघुवित्त संस्थाबीच मर्जरमा जाने सम्झौता भएको छ । भदौ १५ गते मंगलबार सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने गाभिने (मर्जर) गर्ने सम्झौता भएको हो ।

नेप्सेमार्फत् दुवैै लघुवित्तले जानकारी गराएको सूचनामा मर्जर गर्ने सम्बन्ध्मा समझदारी पत्रमा हस्ताक्षर भएकाले सम्पूर्ण शेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेको छ । यसर्थ पूँजी बजारमा वोमी लघुवित्त र सूर्योदय लघुवित्तको सम्पूर्ण शेयर कारोबार आजदेखि नै रोक्का हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*