नबिल ब्यालेन्स्ड फन्ड २ को न्याभ बढ्यो

१६ भाद्र २०७८, बुधबार ०६:४१

नबिल ब्यालेन्स्ड फन्ड २ ले साउन मसान्तसम्मको विवरण सार्वजनिक गरेको छ । फन्डले सार्वजनिक गरेको विवरणमा साउन मसान्तसम्म १८ रुपैया ८७ पैसा कायम भएको हो जुन असारको भन्दा १ रुपैया ३३ पैसाले बढेको हो ।

साउन मसान्तसम्म आइपुग्दा कम्पनीको सेयरमा लगानी ३.४६ प्रतिशतले बढेर १ अर्ब ४७ करोड रुपैया पुगेको छ । अघिल्लो महिना यसको १ अर्ब ४२ करोड रुपैया सेयर लगानी रहेको थियो । गत महिनाको अवधिमा कम्पनीको बैंक मौज्दात १९ करोड ८० लाख रुपैयाले बढेर १९ करोड ९२ लाख रुपैया पुगेको छ ।

फन्डले साउनसम्म ८५ कम्पनीको सेयर लगानी गरेकोमा सबै भन्दा बढी बैंकको ७३ हजार १८२ कित्ता सेयरमा ४ करोड ४ लाख ६२ हजार ३२८ रुपैया लगानी रहेको छ । अघिल्लो महिना भन्दा गत महिनामा कम्पनीको कुल नाफा भने घटेको छ । अघिल्लो महिना ८२ करोड १८ लाख रुपैया कुन नाफा गरेको फन्डले गत महिना भने ६७ करोड ३४ लाख रुपैयाबाट घटेर १४ करोड ८३ लाख ७२ हजार रुपैया कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*