सानिमा क्यापिटलको व्यवस्थापनमा संचालित दुई फण्डको अवस्था कस्तो ?

१५ भाद्र २०७८, मंगलवार १८:११

काठमाडौं । सानिमा क्यापिटलको ब्यवस्थापनमा संचालित सानिमा इक्विटी फन्ड र लार्ज क्याप फन्डले साउन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सानिमा इक्विटी फण्डको न्याभ १ रुपैयाँ ७७ पैसाले बढेर २२ रुपैयाँ ७३ पैसा र क्याप फण्डको ५९ पैसाले बढेर ११ रुपैयाँ १४ पैसा कायम भएको छ ।

असारमा लार्ज क्याप फण्डको कुल आय ६ करोड ६५ रुपैयाँ रहेकोमा साउनमा बढेर ७ करोड ५ लाख रुपैया पुगेको छ । सानिमा इक्विटी फण्डको कुल आय भने घटेको छ । इक्विटी फण्डको गत असारमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ मात्र रहेको कुल आय साउनमा २२ करोड ९२ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, साउन मसान्तसम्म इक्विटी फण्डले विभिन्न म्युचुअल फन्डसहित ८३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । त्यस्तै, सोहि अवधिमा लार्ज फण्डले विभिन्न म्युचुअलसहित कुल ४१ वटा सूचीकृत सेयरमा लगानी गरेको छ ।

लार्ज फण्डको साउन मसान्तसम्म १२ करोड रुपैयाँ मुद्दति निक्षेप रहेको छ भने इक्विटीको मुद्दति निक्षेप रकम २५ करोडबाट घटाएर २३ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*