एनएमबि हाइब्रिड फण्ड एल–१ को न्याभ बढेर १७ रुपैयाँ ८९ पैसा

१५ भाद्र २०७८, मंगलवार १७:५९

काठमाडौं । एनएमबि हाइब्रिड फन्ड एल–१ ले साउन महिनामा प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढाएको छ ।
साउन मसान्तसम्ममा फण्डको न्याभ ८५ पैसाले बढेर १७ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

असार महिनामा यसको न्याभ १६ रुपैयाँ ८९ पैसा थियो । एक महिनाको अवधिमा फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ ।

सूचीकृत कम्पनीको सेयरमा लगानी ४ करोड ८६ लाख रुपैयाँले बढेर ८९ करोड ३० लाख रुपैयाँमा कायम भएको छ । असार महिनामा यसले सूचीकृत कम्पनीको सेयरमा ८४ करोड ४४ लाख रुपैयाँ लगानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा फन्डले ५५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । फन्डको सबैभन्दा धेरै लगानी मुक्तिनाथ विकास बैंकको ५१ हजार ९९१ कित्ता सेयरमा ३ करोड ९४ लाख ९ हजार १७८ रुपैयाँ लगानी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*