थप १६६४ जनामा कोरोना सक्रमंण पुष्टि, २० जनाको मृत्यु

१५ भाद्र २०७८, मंगलवार १७:१८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ११७ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ५२३ जनामा र ३ हजार १०५ जनामा एन्टिजेन परीक्षण गर्दा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने १ हजार ७८६ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*