ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ ३ रुपैयाँ ३८ पैसाले बृद्धि, छिमेक लघुवित्तको शेयरमा सर्वाधिक लगानी

१५ भाद्र २०७८, मंगलवार १६:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना –१ ले साउन मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) बढाएको छ । अघिल्लो महिना असारमा २२ रुपैयाँ ६३ पैसा रहेको योजनाको न्याभ साउनमा ३ रुपैयाँ ३८ पैसाले बढेर २६ रुपैयाँ १ पैसा पुगेको छ ।

साथै साउन मसान्तसम्ममा सूचिकृत कम्पनीको शेयरमा लगानी ५६ करोड ४७ लाख १० हजार ९०३ रुपैयाँले बढेर २ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो महिना योजनाले १ अर्ब ६८ करोड २१ लाख रुपैयाँ सूचिकृत कम्पनीको शेयरमा लगानी गरेको थियो ।

सो अवधिमा योजनाले ८० वटा सूचिकृत कम्पनीको शेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी छिमेक लघुवित्तको शेयरमा रहेको छ । लघुवित्तको ६५ हजार ७५९ कित्ता शेयरमा १२ करोड ६० लाख ६ हजार ३ सय रुपैयाँ लगानी रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*