नबिल ब्यालेन्स्ड फण्ड–२ को शेयरमा लगानी ३.४६ प्रतिशतले बृद्धि

१५ भाद्र २०७८, मंगलवार १५:५८

काठमाडौं । नबिल ब्यालेन्स्ड फन्ड–२ को साउन मसान्तसम्मको विवरण अनुसार फन्डको न्याभ १८ रुपैया ८७ पैसा कायम भएको छ । जुन असारको भन्दा १ रुपैया ३३ पैसाले बढेको हो ।

साउन मसान्तसम्म आइपुग्दा कम्पनीको सेयरमा लगानी ३.४६ प्रतिशतले बढेर १ अर्ब ४७ करोड रुपैया पुगेको छ । अघिल्लो महिना यसको १ अर्ब ४२ करोड रुपैया सेयर लगानी रहेको थियो । गत महिनाको अवधिमा कम्पनीको बैंक मौज्दात १९ करोड ८० लाख रुपैयाले बढेर १९ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

फन्डले साउनसम्म ८५ कम्पनीको सेयर लगानी गरेकोमा सबै भन्दा बढी बैंकको शेयरमा लगानी गरेको छ । बैंकको ७३ हजार १८२ कित्ता सेयरमा ४ करोड ४ लाख ६२ हजार ३२८ रुपैयाँ लगानी रहेको छ ।

अघिल्लो महिना भन्दा गत महिनामा कम्पनीको कुल नाफा भने घटेको छ । अघिल्लो महिना ८२ करोड १८ लाख रुपैया कुल नाफा गरेको फन्डले गत महिना भने ६७ करोड ३४ लाख रुपैयाँबाट घटेर १४ करोड ८३ लाख ७२ हजार रुपैयाँ कायम भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*