एनआइसी एशिया ग्रोथ फण्डको न्याभ १ रुपैयाँ ४७ पैसाले बढ्यो

१५ भाद्र २०७८, मंगलवार १५:०३

काठमाडौं । साउन मसान्तसम्म आइपुग्दा एनआइसी एशिया ग्रोथ फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) २० रुपैयाँ २२ पैसा बढेको छ । अघिल्लो महिना फण्डको न्याभ १८ रुपैयाँ ७५ पैसा रहेको थियो । अघिल्लो महिनाको तुलनामा साउन महिनामा उक्त फण्डको न्याभ १ रुपैयाँ ४७ पैसाले बढेको हो ।

साउन महिनामा सूचिकृत कम्पनीको शेयरमा लगानी १२ करोड २१ लाख रुपैयाँले बढेर १ अर्ब १४ करोड ३४ लाख रुपैयाँ सिमित भएको छ । अघिल्लो असार महिनामा सूचिकृत कम्पनीको शेयरमा लगानी १ अर्ब २ करोड रुपैयाँ रहेको थियो ।

फण्डले साउन महिनासम्म ७९ वटा कम्पनीको शेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको ५१ हजार ५०० कित्ता शेयरमा ७ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*