रिलायबल नेपाल लाइफ पाँचौं वर्षमा प्रवेश, बोनसदर बढाउँदै डिजिटल बजारिकरण गर्ने प्रतिबद्धता

१५ भाद्र २०७८, मंगलवार १३:४४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश गरेको छ । कन्म्पनीले आज भदौं १५ गते स्थापनको चौथौ वर्ष पुरा गरेर पाँचौं वर्षमा प्रवेश गरेको हो । २०७४ सालमा आजकै दिन स्थापना भएको कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ

पाँचौं वर्ष प्रवेश गरेको अवसरमा रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ नारायणबाबु लोहनीले सबै स्टेक होल्डरसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने, बोनसदर बृद्धिमा फोकस हुने तथा डिजिटल मार्केटिङलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

पाँचौं बार्षिकोत्सवको अवसरमा बीमापोष्टलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हाम्रो अबको लक्ष्य बोनसदर बृद्धि, डिजिटल प्रविधिमैत्री अपनाउनु, नेटवर्क बृद्धि गर्दै अघि बढ्नु र दक्ष जनशक्तिमार्फत दीर्घकालिन व्यापार बृद्धि हुनेछ ।’

सिईओ लोहनीले बोनस दर बृद्धि गराउन भूमिका निर्वाह गर्ने बताएका छन् । जीवन बीमा कम्पनीहरुका लागि बोनसदर निकै नै महत्वपूर्ण हुन्छ । लोहनीले लगानी थप व्यवस्थित गर्दै बोनसदर बृद्धि हुने गरी अघि बढ्ने पाँचौ वर्ष प्रवेशको अवसरमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

कम्पनीले पाँचौ प्रवेशको अवसरमा देशैभरि विविध कार्यक्रम गरेको जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत देशका ७ वटै प्रदेशका विभिन्न ठाउँहरुमा सहयोगहरु वितरण गरेर बार्षिकोत्सव मनाइएको कम्पनीका सिनियर म्यानेजर शैलेन्द्र श्रेष्ठले बताए ।

कम्पनीले सहज भएका ठाउँमा कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको जनाइएको छ । त्यस्तै, पाँचौ वर्ष प्रवेश गरेको अवसरमा काठमाडौं केन्द्रीय कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत बेसाहारहरुलाई खाद्यान्न सहयोग गरेको कम्पनीले जनाएको छ ।२०७४ साल भदौं १५ गतेबाट कारोबार सुरु गरेको रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै बीमा पोलसी जारी गर्दै पहिलो बन्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*