एनसेलले ल्यायो एसइई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना, के–के छन् सुविधा ?
काठमाडौं । एसइई विद्यार्थीका लागि एनसेलले पहिलो सिम योजना सार्वजनिक गरेको छ । आज (भदौ १५ गते) देखी लागू हुने गरी एसइई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले १ रुपैयाँमा एनसेल सेन्टरबाट यो पहिलो सिम लिन सकिने भएको हो ।
उक्त योजना अन्र्तगत विद्यार्थीले सिम एक्टिभेट गरेको ७ दिन भित्र १०० वा सो भन्दा बढीको पहिलो रिचार्जमा २० मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबि डेटा पाउन सक्नेछन् ।
साथै विद्यार्थीले ५० वा सो भन्दा बढिको प्रत्येक रिचार्जमा ६ महिनासम्म विभिन्न बोनस सुविधाहरुको फाइदा लिन सक्नेछन् । यस्तो रिचार्जमा विद्यार्थीहरुले ३ दिन मान्य हुने ५०० एमबि डेटा, एनसेल नम्बरमा कलका लागि ५० मिनेट टक टाइम र एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस प्राप्त गर्न सक्नेछन् ।
विद्यार्थीहरुले आफुलाई सधै सम्पर्कमा रहि रहनुपर्ने अधिकतम ५ वटा सिमलाई निःशुल्क माइफाइभ सेट गर्न सक्छन् । माइफाइभ समुहमा राखेपछि ३० दिनसम्म ती नम्बरमा ५० पैसा प्रतिमिनेट कुराकानी, ३० दिनपछि १०० वा सो भन्दा माथिको रिचार्जमा यो सेवाको निरन्तरता पाउने छ । विद्यार्थीले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार ५ वटा एनसेल सिम माइफाइभ समूहमा राख्न सकिने छ । ५ नम्बरलाई माइफाइभ समूहमा राखी सके पछि अर्का सिम राख्नु पर्ने भएमा प्रत्येक परिवर्तको कर बाहेक ५ रुपैया शुल्क लाग्ने छ ।
सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, कक्षा १० को मार्कसिट फोटोकपी आफ्नो वा बाबु र आमाको नागरिकता आवश्यक पर्नेछ ।