न्यादी हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१५ भाद्र २०७८, मंगलवार १२:१४

काठमाडौं । न्यादी हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १ गते देखी भदौ १५ गतेसम्म आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले प्रतिशेर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुुङ जिल्लाको मस्याङदी गाउपालिका वडा ६, ७ र ८ का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानियका लागि १० लाख कित्ता शेयर निष्कासन गरेको हो ।

बाँंकी रहेका ३ लाख कित्ता संस्थापक शेयरधनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्कासन गरेको हो । उक्त आईपीओमा एनएमबि बैंक, सिभिल बैंक र ग्लोबल आइएमई बैैंकबाट न्यूनतम १० कित्ता देखी अधिकतम ५० हजार कित्तासम्म माग गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*