सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दुई फण्डको बुकक्लोज तय

१५ भाद्र २०७८, मंगलवार १२:०५

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ ले प्रस्तावित प्रतिफल वितरणका लागि बुकक्लोज मिति तय गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट यी दुई फण्डले आफ्ना इकाईधनीहरुलाई समान कर सहित ४० प्रतिशत नगद लाभांश वितरण प्रयोजनका लागि भदौ २४ गते बुकक्लोज गर्ने निर्णय गरेको हो ।

जसअनुसार भदौ २३ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम रहने इकाईधनीहरुले मात्र उक्त फण्डको नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*