मञ्जुश्री फाइनान्सको संस्थापक शेयर लिलामीमा

१५ भाद्र २०७८, मंगलवार ०६:५२

काठमाडौं । मञ्जुश्री फाइनान्सले आजदेखि ९ हजार १८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३०० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम म्याद भदौ २० गते तोकिएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*