सनराइज फस्र्टमा सूचीकृत कम्पनीको शेयरको ८५ करोड २२ लाख रुपैयाँ लगानी

१५ भाद्र २०७८, मंगलवार ०६:५३

सनराइज फस्र्ट म्युचुअल फन्डले साउन मसान्तसम्म सूचीकृत कम्पनीको शेयर ८५ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ ।
अघिल्लो महिनाको तुलनामा फन्डको शेयरमा सूचीकृत ५ करोड ७३ लाख ७४ हजार रुपैयाँ थोरै हो । असार सम्ममा फन्डले सूचीकृत शेयरमा ७९ करोड ४८ लाख रुपैयाँ लगानी गरेको थियो ।

फण्डमा सबैभन्दा धेरै लगानी नबिल बैंकको शेयरमा रहेको छ । फन्डमा नबिलको ५५ हजार ९९६ कित्ता सेयरमा ८ करोड ४४ लाख ८ हजार ३७० रुपैयाँ लगानी रहेको छ ।

यस महिनामा फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १ रुपैयाँ २७ पैसाले बढेर २० रुपैयाँ ४८ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*