नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता

१४ भाद्र २०७८, सोमबार १२:३६

काठमाडौं । नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता भएको छ । फाइनान्सका ग्राहकहरुलाई आवश्यक गैर कोषमा आधारित बैंकिंङ सुविधा उपलब्ध गराउने सम्बन्धी दुई पक्षबीच सम्झौता भएको हो ।

उक्त सम्झौतपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापश्चात फाइनान्सका ग्राहकले लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, डकुमेन्ट अगेन्स्ट पेमेन्ट र लोकल बैंक ग्यारेन्टी सुविधा बैंकबाट पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*