नेरुडे लघुुवित्तद्धारा कोभिड प्रभावित ग्राहकलाई १० प्रतिशत ब्याज छुट

१४ भाद्र २०७८, सोमबार १२:२०

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले कोभिडबाट प्रभावित आफ्ना ग्राहकलाई ब्याज छुट प्रदान प्रदान गरेको छ । कम्पनीले ऋणीलाई ९९ लाख ९७ हजार ७०८ रुपैया ब्याज छुट दिएको हो ।

लघुवित्तले कोभिडबाट प्रभावित सदस्यहरुलाई वित्तीय राहत उपलब्ध गराउने हितले २०७८ जेठ १६ गतेदेखी असार मसान्तसम्म सावा ब्याज वा ब्याज मात्र भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुट दिन भएको हो ।

सोही अनुरुप संस्थाले सावा ब्याज वा ब्याजमात्र भूक्तानी गरेका ग्राहक सदस्यहरुलाई ९९ लाख ९७ हजार ७०८ रुपैयाँ ब्याज छुट दिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अुनसार कोभिडका कारण ब्यापार ब्यवसाय तथा रोजगारीमा परेको प्रतिकुल असरलाई न्यूनिकरणका लागि ग्राहकलाई ब्याज छुट दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*