तेह्रथुम पावरको आइपीओमा ४१ गुणा बढीको आवेदन
१३ भाद्र २०७८, आईतवार १८:३६
काठमाडौं । तेह्रथुम पावर कम्पनीले निष्काशन गरेको आईपीओमा कबिर २४ लाख जनाले आवेदन दिएका छन् ।
कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओ भर्ने अन्तिम दिनसम्ममा २३ लाख ८८ हजार ३ सय ३२ जना आवेदकले ३ करोड १० लाख ९२ हजार ३० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीको आइपीओमा ४१ दशमलव ७९ गुणा बढी हो ।