अरुण काबेलीको बुक क्लोजको मिति तय, आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने
काठमाडौं । अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि भदौ १५ गतेदेखि बुकक्लोज गर्ने निणर्य गरेको छ ।
जसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनी मात्र उक्त लाभांश पाउन योग्य हुनेछन् । भदौ १४ गते सार्वजनिक विदा भएको कारण आज (भदौ १४ गते) लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले भदौ २६ गते ११ औ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभामा १७ प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावन पनि गर्नेछ ।
कम्पनीले सभा केन्द्रीय कार्यालय टे«ड टावर थापाथली काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट शुरु गर्ने जनाएको छ ।