एशियन लाइफको अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

१३ भाद्र २०७८, आईतवार १२:५६

काठमाडौं । एशियन लाइफले रौतहटमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीले चन्द्रपुरमा शाखा कार्यालय हरिवन उप शाखा कार्यालय चन्द्रपुर र गरुडा आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला भरीका १ सय जना भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो।

सो कम्पनी का प्रदेश नम्बर २ का प्रमुख रामरुप सहनी र कलस्टर प्रमुख पुरषोतम कुर्मीले यस कोभिड कालमा बिमाको महत्त्व र अभिकर्ताको जिम्मेवारी लगायत कम्पनीले संचालनमा ल्याएको बिमा सम्बन्धि पुरस्कार को बारेमा विशेष जानकारी गराउनु भएको थियो ।

गरुडा शाखाका प्रमुख राम सिंहासन साहले संचालन गरेको उक्त कार्यक्रममा हरिवन शाखाका सरोज के सी र चन्द्रपुर शाखाका संगिता राउत लगायत विभिन्न अभिकर्ताहरुले पनि मन्तव्य राखेका थिए।
कम्पनीका प्रदेश नम्बर २ का प्रमुख रामरुप सहनीले कम्पनीका तर्फबाट अभिकर्ताहरूले सहभागिता जनाउँदा राष्ट्रिय जगत्मा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने बताए।

कार्यक्रममा जीवन बीमा गरि जिवनमा आएका आपत बिपतहरु संग सामना गर्न र जीवन जित्नका जीवन बीमा गर्नु नर्भइ न हुने कुरा हो भनी अभिकर्ताहरूको उक्त विचार व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*