ज्योति विकास बैंकद्धारा विद्यालयलाई डेढ लाख सहयोग

१३ भाद्र २०७८, आईतवार १२:१०

काठमाडौं । ज्योति विकास बैंकले सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर पिपल चौतारा वडा न ६ मा रहेको श्री जन नमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले समुदायमा ब्यवस्थित पीउने पानीको धारा निर्माण र ब्यवस्थापन गर्नका लागि विद्यालयलाई एक कार्यक्रममार्फत १ लाख ५० हजार बराबरको आर्थिक सहयोग गरेको हो ।

उक्त कार्यक्रममा बैंकका सुर्खेत शाखा प्रबन्धक जिवन जोशी, वीरेन्द्रनगर वडा न ६ का वडा अध्यक्ष मोती प्रसाद कंडेल र विद्यालयका प्र.अ याम बहादुर श्रेष्ठको सहभागिता रहेको थियो ।

बैंकले सामाजिक उत्तरदायित्त अन्तर्गत रहेको हाम्रो विकास प्रबद्र्धन कोष मार्फत समुदायमा ब्यवस्थित धारा निर्माण र ब्यवस्थापनका लागि आर्थिक सहयोग गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*